Translate

Saturday, 14 March 2015

गजल

बिछाेड हुँदैमा ज्यान फाल्ने छैन म ।
अन्तै प्रेमको टेन्डर हाल्ने छैन म ।

तिमी त गयौ सानू पराईलाई माया गर्दै
अरुसँग माया गर्न थाल्ने छैन म ।

फाटाेस टुटाेस याे हृदय तिम्रो कल्पनामा
जिन्दगीभर फाट्या मुटु टाल्ने छैन म ।

तिमी गयौ मेरो मनमा आगाे सल्काएर
तर कहिल्यै तिम्रो मुटु बाल्ने छैन म ।

गयौ तिमी मेरो माया झुटाे रैछ भन्दै
तिमिले झैँ हजार हृदय चाल्ने छैन म।
दिप शर्मा
२०७१-१२-१

No comments:

Post a Comment