Translate

Friday, 20 March 2015

गजल

सायद याे हात तिमिलाई बेर्न बनाएको हाेला ।
अनि याे नयन त्यो रुप हेर्न बनाएको हाेला ।

प्रिय काली सानू भन्दै नानाथरी सम्बाेधन गर्दै
यी अम्ला प्रेम पत्र केर्न  बानाएकाे हाेला ।

हरेक पल म बाँचेको हुन्छु तिम्रो सम्झनासँगै
फाेक्साे तिम्रो नाउँको सास फेर्न बनाएको हाेला ।

अनेकन यी सांस्कृतिक समाजका बन्धनहरु
नैतिकतामा हामी सबैलाई घेर्न बनाएको हाेला ।

  दिप शर्मा
२०७१-१२-६

No comments:

Post a Comment