त्यो सिँउदाे भर्ने सपना अधुरो भाे ।
तिमिलाइ माया गर्ने सपना अधुरो भाे ।
जिस्किएर हामी रमाउँदै एकअर्कामा
लेक बेंसी झर्ने सपना अधुरो भाे ।
जस्तोसुकै परिस्थिति आए पनि
सँगै सागर तर्ने सपना अधुरो भाे ।
जसाेतसाे जिन्दगी कटाएर यहाँ
मर्दा सँगै मर्ने सपना अधुरो भाे।
तिमि भित्रै विलिन भएर म
ढुक्कले भर पर्ने सपना अधुरो भाे ।
दिप शर्मा
२०७१-१२-१३
No comments:
Post a Comment