माफ गर दिलकाे राजा बन्न सकिन म ।
जे गरेनि मनमा ताजा बन्न सकिन म ।
लाग्या रहेछ धेरै प्रेमकाे भाेक तिमिलाई
ठ्याक्कै त्यहि बेलामा खाजा बन्न सकिन म।
बाँच्ने छु जिन्दगीभर तिम्रो याद सजाएर
तिमी जस्तो सबैकाे साझा बन्न सकिन म ।
चाहना त थियो नि तिम्रो म बिग्रेको हेर्ने
चाहेर नि लफङ्गा गाँजा बन्न सकिन म ।
दिलमा मधुर पिरतिकाे संगित बजाउने
तिमिले खाेजे जस्तो बाजा बन्न सकिन म ।
दिपेन्द्र परिवर्तित
२०७१-१२-१५
No comments:
Post a Comment