कहिलेकाही देउरालिमा पात राख्थि उसले ।
अँगालेर सिरानीमा हात राख्थि उसले ।
उसको हातले पकाएको खानै मिठाे हुने
मुस्कुराँउदै टेबुलमाथि भात राख्थि उसले ।
चढ्दै थियो जवानिकाे रंग हाम्रो जिन्दगीमा
चुम्बनसँगै जवानिकाे मात राख्थि उसले ।
काेहि नहुँदा बाेलाँउथि भेट्न उसको घरमा
नानाथरी कुरा गर्दै रात राख्थि उसले ।
कत्तिगर्थि माया उसले वयान गरि साध्ये छैन
जताततै पिरतिकाे खात राख्थि उसले ।
दिप शर्मा
२०७१-१२-४
No comments:
Post a Comment