दुई मुटु झापा र ईलाम भए पछि ।
बेहोस छु काेमल मन लिलाम भए पछि ।
उसले साेचि मेरो दिल चटनी हाे मायाको
पागल बनेँ दिल अचारकाे सिलाम भए पछि ।
के खाेज्नु साँचाे माया याे स्वार्थि दुनियाँमा
छिनछिनमा मन फेर्छ दाम भए पछि ।
अचेल जे नि गर्दा रहेछन् मान्छेहरु प्रेममा यहाँ
धिकार्दै बस्छन आफ्नो बदनाम भए पछि ।
यताउता जताततै प्रेमि अनि प्रेमिका बन्दै
पैसा लुट्न नानाथरी छलछाम भए पछि ।
दिप शर्मा
२०७१-११-२६
No comments:
Post a Comment