अब मलाई तिम्रो मन आधा भएनि केही छैन ।
तिमी हिड्ने बाटामा बाधा भएनि केही छैन ।
खै कस्ले सम्मान गर्ला तिम्रो छट्टु विचारलाई
तिम्रो सम्मानमा हजार खादा भएनि केही छैन।
हिजो थियोे मेरालागि स्वर्गकि सुन्दर परि
आज अरु कसैको राधा भएनि केही छैन ।
भन्थ्याै मसँग हुँदा तिम्रो जीवन रङ्गिन थियो
आज त्यहि जिन्दगी सादा भएनि केही छैन ।
दिप शर्मा
२०७१-११-२५
No comments:
Post a Comment