Translate

Saturday, 21 March 2015

गजल

भैँसिलाई घाँस हाल्दै हाेलिन आमा ।
खाेलेमा आगाे बाल्दै हाेलिन आमा ।

सुन्दर भविष्यकाे सपना बुनेर
चराँउदै बाख्रा पाल्दै हाेलिन आमा ।

भरे खाना बनाउने सिटाे छैन भन्दै
सुकेको रुख ढाल्दै हाेलिन आमा ।

जसाेतसाे जिन्दगी कटाउनु छ भन्दै
मेलापात गाँउ घर चाल्दै हाेलिन आमा ।

मरिजाने जिन्दगीमा मिठाेमसिना खाने भन्दै
गुन्द्रुक हाल्न रायाे गाल्दै हाेलिन आमा ।
दिप शर्मा
२०७१-१२-८

No comments:

Post a Comment