दिनदिनै बढ्दै गा'छ हत्या बलत्कारहरु ।
निमाेठिन्छन् काेपिलामै देशका कर्णधारहरु ।
शक्तिको बलमा उन्मुक्ति पाउँछ दाेषि
पिडितले नै भाेग्नु पर्छ अनगिन्ती मारहरु ।
बाबू बाजे आफन्त कसैबाट सुरक्षा छैन
किन जन्मन्छन् नालायक धर्तिका भारहरु ।
सदाचारका कुरा खाेक्छन कुर्सीमा बसि नेता
तिनकै बलमा अनगिन्ती हुन्छन् भ्रष्टाचारहरु ।
पैसा ठेल्छ मुद्दा जित्छ दाेषिले नै यहाँ
पिडित रुन्छ भाेग्छ बेकार न्यायका हारहरु ।
अधिकार माग्ने ले कर्तव्य नि निभाउनु पर्याे
खै कसले बुझेका छन् कर्तब्यका सारहरु ।
दिप शर्मा
२०७१-१२-५
No comments:
Post a Comment