Translate

Tuesday, 31 March 2015

गजल

वन अनि पाखा नयाँ हुँदै छ ।
मलाई हेर्ने आँखा नयाँ हुँदै छ ।

सायद जमाना फेरिएर हाेला
गाउँ बेंशिकाे भाका नयाँ हुँदै छ ।

प्रविधिको विकास भएर हाेला
दिल चाेर्ने डाका नयाँ हुँदै छ ।

ओसारपसार गर्न पिरतिकाे कुम्लो
याे दिलकाे नाका नयाँ हुँदै छ ।

सफा सुन्दर दिलकाे बगैंचामा डुल्ने
माैरि अनि माखा नयाँ हुँदै छ ।
दिपेन्द्र परिवर्तित
२०७१-१२-१८

No comments:

Post a Comment