Translate

Saturday, 28 March 2015

गजल

अर्कैसँग माया साटे पछि आयाै ।
याे मुटु अन्तै बाटे पछि आयाै ।

याे हृदयमा भएको चाेखाे माया
निष्ठुरीले झुक्याई चाटे पछि आयाै ।

छियाछिया बनाई मेरो काेमल हृदय
वचनकाे धारले काटे पछि आयाै ।

नयाँ हुँदा वास्ता गरिनाै सानू
पुरानो भई हृदय फाटे पछि आयाै ।

दिप शर्मा
२०७१-१२-१४

No comments:

Post a Comment