Translate

Tuesday, 31 March 2015

गजल

जब तिम्रो प्रित मन्द हुनेछ ।
याे मुटु चल्न बन्द हुनेछ ।

एकान्तमा हामी भेट हुँदा प्रिय
माया नै मायाकाे सुगन्ध हुनेछ ।

मज्जाले  त्यो काखमा सुत्न पाए
साँच्चिकै स्वर्गीय आनन्द हुनेछ ।

तिमिले छाेडे पागल कवि बन्नेछु
म शब्द मिलाँउछु छन्द हुनेछ ।
दिपेन्द्र परिवर्तित
२०७१-१२-१६

No comments:

Post a Comment