Translate

Monday, 16 March 2015

गजल

सम्झेर तिमिलाई रुन्न अब ।
आँशुले सिरानी धुन्न अब ।

घरिघरि मलाई याद दिलाउने
त्यो तिम्रो तस्बिर छुन्न अब ।

याे जुनिमा तिम्रो बन्ने चाहना थियो
तिम्रो भईन अरुको हुन्न अब ।

मनहरु मरिसके माया प्रेममा रमाउन
छैन रहर मयाजाल बुन्न अब ।

दुनियाँले जयजयकार गरुन् तिमिलाई
पाइयोस् तिम्रो सुसमाचार सुन्न अब।
दिप शर्मा 
२०७१-१२-२

No comments:

Post a Comment