Translate

Saturday, 14 March 2015

गजल

कत्ति देखावटी आँसु बगाउने पनि भेटेँ ।
हजार तिर झुटाे माया लगाउने पनि भेटेँ ।

कि गरेर जानिन्छ भन्छन् कि परेर जानिन्छ रे
काेहि चाहिँ अरुको देखेरै अगाउने पनि भेटेँ ।

जिन्दगीमा हजार थरिका साथि मिल्दो रैछ
निस्वार्थ मनले आपत पर्दा सगाउने पनि भेटेँ ।

फुल झैँ वास्नामय बनी समाजमा प्रसिद्ध भै
हरेक मनमा धड्कन बनि मगमगाउने पनि भेटेँ ।

सुखमा नमात्तिने दुखमा नआत्तिने  जिन्दगीमा
जस्तोसुकै आपतमा नि नडगमगाउने पनि भेटेँ ।
दिप शर्मा
२०७१-१२-१


No comments:

Post a Comment