नम्र बाेल्ने निष्ठुरि झर्किए पछि माया छुट्याे ।
सँगै यात्रा गर्ने उनी फर्किए पछि माया छुट्याे ।
तिमी यस्तो उस्तो भन्दै नानाथरी आराेप लाँउदै
हृदयमा वचन वाण दर्किए पछि माया छुट्याे ।
तिम्लाई माया गर्छु भन्ने तिमी बिना मर्छु भन्ने
निष्ठुरीकाे मन अन्तै लर्किए पछि माया छुट्याे ।
भेटहुँदा जहिले पनि नजिकनजिक बस्ने उनी
घृणा गर्दै म देखि तर्किए पछि माया छुट्याे ।
उसको लागि ठुलो रैछ जात धर्म बाउआमा
चाेखिन लाई सुनपानि छर्किए पछि माया छुट्याे ।
दिप शर्मा
२०७१-११-३०
No comments:
Post a Comment