सपनामा परि बनी चल्न आउनु तिमी ।
बिस्तारामा सँगसँगै ढल्न आउनु तिमी ।
अँध्यारो याे सुनसान काल रात्रीमा प्रिय
जुन बनी आकाशमा छल्न आउनु तिमी ।
गए पनि याे हृदयमा आगाे सल्काएर
मट्टीतेल भै घरिघरि बल्न आउनु तिमी।
अतितका तिता अनि मिठा पल सम्झिएर
एक चाेटि पिरतिमा गल्न आउनु तिमी ।
दिप शर्मा
२०७१-११-२६
No comments:
Post a Comment