त्यो हृदयमा प्रिति फुल्ने फाँट बनाउ भनी ।
मर्द भए माया गर्ने आँट बनाउ भनी ।
गुलाफ जस्तै सुन्दर छ तिम्रो मुहार भन्दै
काँडा हटाउ सुन्दर चिल्लो डाँठ बनाउ भनी ।
सुरुमा त भन्थि उ चाेखाे माया भए पुग्छ
प्रित बसेसि गाेजि भरि गाँठ बनाउ भनी ।
पहिला भन्थि शहर बस्छु रम्दिन म पहाडमा
फाेहाेर भयो दिलकाे शहर काँठ बनाउ भनी ।
दिप शर्मा
२०७१-१२-
No comments:
Post a Comment