Translate

Monday, 23 March 2015

गजल

माछिहरु जालमा पर्नै छाडे अचेल ।
मान्छेहरु  माया गर्नै छाडे अचेल ।

पहिलेपहिले पिरतिमा सँगै जिउँथे मर्थे
एकअर्काको लागि मर्नै छाडे अचेल ।

खाेला पारि पुग्न खाेलै तर्नु पर्थ्याे
पुल आयो खाेला तर्नै छाेडे अचेल ।

मेलापात गर्दा देउरालीमा बस्नेहरु
शहर छिरे बेंसी झर्नै छाडे अचेल ।

सबै खाेज्दै सुगम छिर्छन शहर तिर
गाउँ तिर बसाइँ सर्नै छाडे अचेल ।
दिप शर्मा
२०७१-१२-१०

No comments:

Post a Comment