गर्छ्याै मिठाे बात भेटेपछि ।
छिट्टै हुन्छ रात भेटेपछि ।
एकान्तमा चढ्दाे जवानी हुँदा
चढि हाल्छ मात भेटेपछि ।
बाेलाउँछ्याै फुल देखाउँदै
दिन्छ्याै अनि पात भेटेपछि ।
हराउँदै बैँशकाे उन्मातमा
समाउँछ्याै हात भेटेपछि ।
शंका लाग्छ यार मलाई त
दिन्छ्याै कि घात भेटेपछि ।