कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार
हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर
बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो
गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा
अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Tuesday, 9 June 2015
गजल
तिम्रो मेरो अनलाइनमा भेट नभए त ।
छट्पटीमा दिन बित्छ नेट नभए त ।
सायद माया अजम्बरि हुन्थ्यो हाेला सानू
दुनियाँमा शरीर बेच्ने रेट नभए त ।
कहिलेकाहीँ त कल्पना नि कस्तोकस्तो गर्छु
मान्छे कस्तो हुन्छ हाेला पेट नभए त ।
No comments:
Post a Comment