Translate

Saturday, 13 June 2015

गजल

जन्मँदै मृत्युको तक्मा भिरेकाे मान्छे हुँ म ।
तिम्रो पवित्र नजरमा गिरेको मान्छे हुँ म ।

नसम्झनु अब मलाई तिम्रा ती पवित्र मनले
धाेका खाएर परदेश छिरेको मान्छे हुँ म ।

भन्न त भन्छाै हाेला उ खराब थियो भन्दै
गुनकाे बदला गुनले तिरेको मान्छे हुँ म ।

पटकपटक मरे म तिम्रो साथ पाउन भनी
पुगेर मृत्युको मुखमा फिरेकाे मान्छे हुँ म ।

दुनियाँले देख्छन् केवल बाहिरी हाँसो मेरो
निष्ठुरीले काेमल मुटु चिरेकाे मान्छे हुँ म ।
दिपेन्द्र परिवर्तित

No comments:

Post a Comment