Translate

Tuesday, 16 June 2015

गजल

तिमि सँगै जिउछु मर्छु भन्ने पनि थिए ।
साँचो माया तिमिलाई गर्छु भन्ने पनि थिए ।

एक चाेटि विश्वास गरेर त हेर सानू
पाईला पाइलामा फुल छर्छु भन्ने पनि थिए ।

जस्तोसुकै दुख भाेग्न किन पराेस बरु
त्यो मुटुमा प्रित भर्छु भन्ने पनि थिए ।

पन्छाएर जिन्दगीमा चुनाैतिका  छालहरु
पाखुरा समाई सागर गर्छु भन्ने पनि थिए ।

बाेलाउ बरु मेला बेँसि तिर मलाई पनि
पटुकिमा मकै बाेकि झर्छु भन्ने पनि थिए ।
दिपेन्द्र परिवर्तित

No comments:

Post a Comment