Translate

Sunday, 14 June 2015

गित

माया गर्छु भन्दै पत्र पठाउने नि तिमी नै हाै ।
म बसेकाे दिलमा हजार अटाउने नि तिमी नै हाै।

सधैं हाँसिखुसि बसेँ तिम्रो त्यो जंजिरमा
तर कहिल्यै रम्न पाइन तिम्रो मन मन्दिरमा ।
माया माया भन्दै मन्त्र रटाउने नि तिमी नै हाै ।

गर्छे भन्थाै जिन्दगीभर तिमी सँगसँगै यात्रा
एक्लै छाेडि गयौ आज दुनियाँलाई भयो जात्रा
साथ दिन्छु भन्दै छितिज कटाउने नि तिमी नै हाै

भन्थे सबै माया भन्ने शब्द दिलमा तिताे हुन्छ सबै लुटि टाढा हुन्छन् अनि मुटु रित्तो हुन्छ ।
अमृत भन्दै मायाको बीस चटाउने नि तिमी नै हाै

भन्थेउ सधैं पिरतिमा सानाेठूलाे जात हुन्न
जुनिभरि माया गर्छु कहिल्यै पनि घात हुन्न
दिलमा माया जाेड्छु भन्दै घटाउने नि तिमी नै हाै

सधैं भरि भन्थाै तिमी धनकाे धनी खाेज्ने छैन
तिमिलाई छाेडि बिच बाटोमा अरु काेहिलाई राेज्ने छैन ।
केही दिन दिलमा सजाएर हटाउने नि तिमी नै हाै
दिपेन्द्र परिवर्तित

No comments:

Post a Comment