मुटु त हैन हजुर कान बिक्रिमा छ ।
लाने भए मात्रै एक थान बिक्रीमा छ ।
जिब्रो पड्काई मुखै राताे बनाउने भए
पराग सँगै मिठाे पान बिक्रीमा छ ।
थाहा छ मलाई कान बिना बहिरो हुन्छु
तथापि याे सब जानाजान बिक्रीमा छ ।
अब के नै बाँकि छर मेरो अस्मिता यहाँ
लिनु हुन्छ भने मेरो सान बिक्रीमा छ ।
अचेल जे गरेनि पैसाकै कुरा चल्छ यहाँ
थाप्ने भए थाेरै सम्मान बिक्रीमा छ ।
हिजाे सहयोग भन्दै मागेको विदेशीसँग
गाेप्यरुपमा किन्ने भए दान बिक्रीमा छ ।
No comments:
Post a Comment