के हाे जीवन के हाे मुटु के हाे साँचाे प्रित ?
झुटाे माया गर्ने काे नै किन हुन्छ जित ?
दैव तिमी पक्षपाती छाै कि क्या हाे भन
चाेखाे माया गर्दा किन टुक्रिन्छ याे मन
कि त तिम्ले साेच्या छैनाै सच्चा मनकाे हित ।
जसको याद याे मुटुमा यति धेरै गाढा हुन्छ
किन ईश्वर उहीँ मान्छे झनझन धेरै टाढा हुन्छ
नछुटाइ देउ हे भगवान मलाई उनी शीत ।
सक्दिनँ कि के हाे मैले मायाको गुन तिर्न
किन पार्छाै पटकपटक त्यो नजरमा गिर्न
माया दिँदा धाेका दिने कस्तो तिम्रो रित ।
सबैले भन्थे मायाले त खुसि दिन्छ भनेर त
खै कसैले भन्या थेनन् मुटु छिन्छ भनेर त छुट्याे माया छिन्याे मुटु आँसु भयो मित ।
उसको यादमा पलपल मुटु जलाएर बाँच्नु पर्दा
कलिलोमै प्रितकाे पालुवा नचाहेर भाँच्नु पर्दा
सँगै साथमा उनी ल्याईदेउ मै मारि देउ कित ।
दिपेन्द्र परिवर्तित
No comments:
Post a Comment