व्यङ्ग्य
माया अनि तनकाे घाउ उस्तैउस्तै लाग्छ ।
प्रेमिका र गाउको साउ उस्तैउस्तै लाग्छ ।
कहिलेकाहीँ झनक्क रिसाएर हिँड्दा त
उ अनि उसको बाउ उस्तैउस्तै लाग्छ ।
कहिले देला पैसा भन्दै माैका कुरिकुरि बस्ने
भिखारि र उसको दाउ उस्तैउस्तै लाग्छ ।
जिन्दगीमा पीडा माथि झन पिडा थपि दिँदा
भगवानकाे र सत्रुकाे पाउ उस्तैउस्तै लाग्छ ।
अब मलाई बिर्स भन्दै अफलाईन बस्दा त
केटिकाे र प्याजकाे भाउ उस्तैउस्तै लाग्छ ।
No comments:
Post a Comment