नजरकाे वाण उसले हाने पछि उल्का भयो ।
झ्याप्पै बाहुमा उसलाई ताने पछि उल्का भयो ।
जिन्दगी जिउने केही नयाँ सपना सँगालेर
कसैलाई दिलकाे रानी ठाने पछि उल्का भयो ।
धेरै थिए जिन्दगीमा साथ दिन चाहने त
बिर्सिएर अरु उसलाई छाने पछि उल्का भयो ।
सल्काएर गई उ दिल भित्र बिछाेडकाे आगाे
मिसाएर प्रित दिलमा झाने पछि उल्का भयो ।
मात्तिएर मनाेमानि गरे पछि त्यो शरिरमा
उसले भन्या हर कुरा माने पछि उल्का भयो ।
दिपेन्द्र परिवर्तित
No comments:
Post a Comment