असारमा हिलो हानेको सम्झना छ ।
लडाउन आलिमा तानेकाे सम्झना छ ।
सँगै खान बस्न परेलिले डाक्दा
लुरुक्क तिमिले मानेको सम्झना छ ।
मुठी गाडि घुमाएर वरिपरि धान राेप्दा
त्यसैलाई भकारी ठानेकाे सम्झना छ ।
यसरी राेप्ने भन्दै तिमिले सिकाउँदा
मैले पनि राेप्न जानेको सम्झना छ ।
ढाेडकाे छड्केले मेरा खुट्टा काट्दा
तिमिले टालाेले बानेकाे सम्झना छ ।
जे गर भन्याे त्यहि सजिलै मान्ने
साेझाे बाउसे सानेकाे सम्झना छ ।
No comments:
Post a Comment