Translate

Thursday, 4 June 2015

गजल

अब हाम्रो भेट पुसमा हुनेछ  ।
अनि मुटु उसको अंकुसमा हुनेछ ।

दाैडिदै छाैँ हामी प्रेम मैदानमा
सायद मृत्युु दुबैकाे एम्बुसमा हुनेछ ।

मायाको बलिदान दिए पछि हामीले
बचनकाे अवशेष भुसमा हुनेछ ।

जिन्दगीमा कसैको आगमन भए
मेरो सारा भविष्य उसमा हुनेछ ।

काेहि आए भने भिलेन बन्दै प्रेममा
प्रेमकाे शीत युद्ध रुसमा हुनेछ ।

दिपेन्द्र परिवर्तित

No comments:

Post a Comment