Translate

Sunday, 21 June 2015

गजल

समय पनि कठाेर बन्छ तिमिलाई देखे पछि ।
याे मन दिल चाेर बन्छ तिमिलाई देखे पछि ।

खै के जादु छ त्यस्तो तिमी भित्र प्रिय
सुका पनि माेहाेर बन्छ तिमिलाई देखे पछि ।

सायद मेरो अतीत पनि तिमी जस्तै भएर हाेला
मेरो दिमाग बाेर बन्छ तिमिलाई देखे पछि ।

एक्कै चाेटि स्मरण हुन्छ वर्तमान,भुत,भविष्यकाे
सजाउने छुट्टै फ्लाेर बन्छ तिमिलाइ देखे पछि ।

कल्पनाकाे सागरमा डुबुल्की मार्न पुग्छु सधैं
सपना घनघाेर बन्छ तिमिलाई देखे पछि ।

दिपेन्द्र परिवर्तित

No comments:

Post a Comment