014
नेपाली माओवादीले भुलेका माओ
कम्युनिष्ट आन्दोलनमा माओत्सेतुङले प्रतिपादन गरेको माओवाद
चिनियाँ संस्करणको माक्र्सवाद थियो । माओले
चिनियाँ सन्दर्भको माक्र्सवाद सन् १९३०
को दशकको पछिल्लो कालखण्डमा रचेका थिए ।
माओले माक्र्सवादलाई राष्ट्रिय
सन्दर्भमा कसरी लागु गर्न सकिन्छ भन्ने सोच बनाउने
क्रममा यो विचारको विकास गरेका थिए ।
चिनियाँ इतिहास, सैन्य
इतिहास, सामाजिक तथा सांस्कृतिक प्रचलन युरोपेली र
सोभियत संघको भन्दा नितान्त भिन्न चरित्रको थियो ।
युरोपेली वर्ग
इतिहासको क्रममा जन्मिएको माक्र्सवादलाई
चिनियाँकरण गर्न त्यति धेरै सहज थिएन । किनभने
चीनमा कन्फ्युसियस विचारको प्रभाव अत्यन्त
गहिरो थियो ।
सन् १९२१ मा चीनमा कम्युनिष्ट पार्टी गठन
गरिँदा लिदाजाओ र चेनदुक्सियु जस्ता विद्वान नेताहरू
संस्थापक नेता रहेका थिए । उनीहरू माक्र्सवादलाई
पश्चिमा विचारमा अथ्र्याइने कुरासँग सहमत थिएनन् ।
जस्तो चेनदुक्सियु कम्युनिष्ट इन्टरनेसनलमा स्टालिनले
स्थापना गर्न खोजेको मान्यताका विरोधी थिए ।
त्यही दशकको पछिल्लो कालखण्डमा माओले
कसरी एउटा क्रान्तिकारी सैन्यशक्ति निर्माण गर्न
सकिन्छ र अझ आधार इलाकामै पनि हार खाइयो भने
फेरि कसरी सैन्य पुनर्गठन गर्ने भन्ने योजनामा काम
गरेका थिए । यद्यपि समाजको चित्रण गर्ने
कुरामा त्यत्रो ठूलो टाउको दुखाइ थिएन,
'अर्धसामन्ती' र 'अर्धऔपनिवेशिक' भन्ने परिभाषाबाटै
काम चलाइएको थियो । यसको निचोड थियो-
सामन्तवादमाथि पुँजीवादीहरूको प्रभुत्व बढ्दै गएको छ
।
माओवाद वास्तवमा माथि भनिएझैं
माक्र्सवादको राष्ट्रियकरण थियो । चिनियाँ रेडआर्मी,
जसलाई पिपुल्स लिवरेसन आर्मी (पीएलए) नामकरण
गरिएको थियो र अझै पनि त्यही नामले पुकारिन्छ,
त्यसको निर्माण आफैंमा अन्यत्रको भन्दा पृथक
थियो । पीएलएमा मूलतः खेती-किसानसँग
जोडिएका मानिसहरू संलग्न थिए ।
युरोपेली माक्र्सवादी प्रोजेक्टमा विशुद्ध खेती-
किसानीसँग जोडिएकालाई औद्योगिक
सर्वहाराको तुलनामा राम्रो मानिन्थेन । कृषि कर्मले
किन एसियाली र अर्ध-विकसित देशहरूमा महत्त्व
राख्छ ? कम्युनिष्ट आन्दोलनमा किसान आन्दोलनलाई
कसरी जोड्ने र 'ग्रासरुट'मा पुग्ने भन्ने
कुरा त्यतिबेला वास्तवमै नयाँ थियो ।
माओले
उत्तरदेखि दक्षिण चीनका विभिन्न वर्गीय
संरचनामा आबद्ध किसानहरूलाई सफलतापूर्वक
कम्युनिष्ट आन्दोलनसँग जोडेका थिए र उनको अध्यक्ष
पद किसान संगठनमार्फतै कम्युनिष्ट
आन्दोलनमा छिरेको थियो ।
'दीर्घकालीन जनयुद्ध'
माक्र्सवादी सोचमा अर्को एउटा नयाँ अध्याय
थियो । ठूलो र विकसित देशहरूमा मात्रै होइन, कम
विकसित मुलुकहरूमा आधार इलाकाहरू बनाउँदै,
रक्षा गर्दै, आफूले बनाउने समाजका ढाँचा कोर्दै र
त्यो स्थापित भएपछि आम मानिसमा परिवर्तित
समाजबारे विश्वास भर्दै अगाडि बढ्ने काम
दीर्घकालीन रक्षात्मक युद्धकालमा बुनिएका र
प्रयोग गरिएका गुरुयोजना थिए । त्यसले आम
मानिसलाई द्वैधशक्तिको महसुसमात्र गराएन, अपितु
तुलना गर्न, जाँच्न र छान्न पनि सघायो ।
चिनियाँ माक्र्सवादमा वर्गहरूबीच सहकार्य र संयुक्त
मोर्चासम्बन्धी अवधारणा अर्को नयाँ विषय
बनेको थियो । जापानी आक्रमण, उसले बनाउन
खोजेको चिनियाँ ढाँचाको उपनिवेश एक प्रकारले
खुला किताबझैं थियो । किनभने
कोरियाली उपमहाद्विपमा जापानीहरूको बर्बर शासन
उनीहरू सबैले दशकौं देखेका थिए । उपनिवेशवादबाट
मुक्त हुन वा सार्वभौमसम्पन्न स्वतन्त्र राष्ट्र बन्न
सबै राष्ट्रवादी शक्तिहरूबीच गठजोड गर्न आवश्यक
थियो । त्यसैले चिनियाँ कम्युनिष्टहरूले व्यापारिक
तथा औद्योगिक बुर्जुवाहरूसँग पनि
हात मिलाए ।
संगठनात्मक हिसाब गर्दा चिनियाँ कम्युनिष्ट पार्टीले
सन् १९४९ को अवधिसम्म पनि गाउँ र
गाउँका किसानहरूलाई नै अग्रस्थानमा राखेका थिए ।
यसको अर्थ सहरलाई हेर्दै हेरिएन भन्ने होइन । १९४९
पछि सहर र गाउँबीच समन्वय र सन्तुलन दुवै कायम
गरिएको थियो । त्यसैगरी सेना, किसान, पार्टी,
औद्योगिक तथा व्यापारिक समुदायबीच शक्ति सन्तुलन
राख्नमा विशेष ध्यान पुर्याइएको थियो ।
क्रान्ति सम्पन्न भएपछि महिलाहरूको आर्थिक,
सामाजिक तथा राजनीतिक प्रतिष्ठा माथि उठाउन,
विवाह र सम्पत्ति अधिकारमाथिको कानुन
निर्माणमा विशेष ध्यान दिइयो । नयाँ 'वर्किङ क्लास'
र नयाँ औद्योगिकरण सम्बन्धी नयाँ योजनाहरू
अगाडि सारिए । आम मानिसका लागि आवश्यक
शिक्षा, स्वास्थ्य, आवास तथा रोजगारीको हक
कायम गर्न सबैभन्दा महत्त्वपूर्ण योजनाहरू
अगाडि सारिए । माओ समाजवाद प्राप्तिको लडाइँ
वर्गसंघर्षको प्रक्रियाभित्रै हुन्छ भन्ने ठान्थे ।
समाजको रूपान्तरणको प्रक्रिया जति तीव्र
वेगमा अगाडि बढ्छ,
समाजवादतर्फको अग्रसरता पनि त्यही गतिमा बढ्छ
भन्ने ठान्थे र रूपान्तरणको प्रक्रिया ढिलो वा अवरुद्ध
हँुदा प्रतिक्रान्तिकारीहरूले खेल्ने ठाउँ पाउँछन् भन्ने
उनको बुझाइ थियो । प्रतिक्रान्तिकारीहरूले जितेमा धेरै
कुरा उल्ट्याउँछन् भन्ने उनको लख थियो ।
जनताबीच अन्तरविरोधहरू हुन्छन् र ती फरक-फरक
प्रकृतिका हुन्छन् भन्ने माओको धारणा थियो, जसलाई
उनी प्रतिद्वन्द्विता र अप्रतिद्वन्द्विता -एन्टागोनिष्ट
र ननएन्टागोनिष्ट हुन्छन् र तिनलाई चिन्न सक्नुपर्छ
भन्ने ठान्थे । स्वाभाविक रूपमा क्रान्तिकारी राज्य
आम जनसमुदायको आशा, भरोसा, उन्नति, प्रगति र
आकांक्षाहरू परिपूर्ति गर्ने माध्यम बन्न जरुरी थियो ।
यस्तो आकांक्षा पूर्ति गर्न सबैभन्दा पहिले बहुसंख्यक
मानिसहरूका आधारभूत आवश्यकता (गाँस, बास,
कपास, शिक्षा, स्वास्थ, रोजगारी)
को व्यवस्था मिलाउनुपथ्र्यो । राष्ट्रभित्रै
पुँजी निर्माणमा लगानी गराउनुपर्ने चुनौती थियो ।
त्यसलाई पनि व्यवस्थित गरियो । दिगो, भरपर्दो,
समानतायुक्त विकास चीनले प्राप्त गर्यो ।
क्रान्तिपछिका २५ वर्ष औसत ५ प्रतिशतको आर्थिक
वृद्धिदर हासिल गर्नु, औद्योगिक तथा आधुनिक
विकासका लागि आवश्यक पूर्वाधारहरू निर्माण हुनु,
शिक्षित तथा दक्ष जनशक्तिको निर्माण हुनुमा अनेक
कमजोरीका बाबजुद माओवादको आर्थिक-सामाजिक
रूपान्तरणको नीतिगत अवधारणाको सफलता मान्न
सकिन्छ । जुन ठाउँमा आज चीन पुग्न सफल भएको छ,
त्यसलाई कसैले नकार्दैन । विश्व अर्थराजनीतिक
व्यवस्थामा चीनले आज अग्रस्थान
पाउनुमा माओवादको जग नै सबैभन्दा भरपर्दो र
टिकाउ प्रमाणित भएको छ ।
अब नेपाली माओवादीलाई हेरौं :-
१) नेपाली माओवादीहरूले
जनयुद्धको समयमा आफ्नो कार्यक्षेत्रमा कस्तो आर्थिक,
सामाजिक र राजनीतिक अभ्यास गरे ? १०
वर्षको जनयुद्धको समयमा नयाँ ढाँचाबाट महिला,
मधेसी, जनजाति, सीमान्तकृत सबै खाले वर्ग र तहलाई
जसरी तिनले समेटे, तिनलाई आधार इलाका र पछि आफैं
राज्यमा समावेश भएर सत्तारुढ
भएपछि कसरी सम्बोधन गरे ?
२) प्रत्येक दिन १५ सयभन्दा बढी युवाहरू शारीरिक
श्रमका लागि विदेशिइरहेका छन् ।
रोजगारी अभिवृद्धिलाई सम्बोधन गर्न
नेपाली माओवादीसँग औद्योगीकरण र
कृषिको आधुनिकीकरण सम्बन्धी कार्ययोजना के रहे ?
३) सार्वजनिक शिक्षा र स्वास्थ्यलाई आम
मानिसको अधिकारका रूपमा स्थापित गर्न तिनले
कस्ता एजेन्डाहरू संस्थागत रूपमा अगाडि सारे ?
४) मुलुकको विषमतापूर्ण आर्थिक तथा सामाजिक
संरचना खासगरी कृषि क्षेत्रलाई सम्बोधन गर्न र
न्यायोचित वितरण प्रणालीलाई सम्बोधन गर्न
कस्तो कार्ययोजना र संस्थाहरूलाई आफू
सरकारमा छँदा अगाडि सारे ?
५) नवउदारवादी अर्थराजनीतिले
खडा गरेको अर्धऔपनिवेशिक चंगुलबाट मुक्त हुन
कस्तो वैदेशिक नीति तथा कस्तो आर्थिक-सामाजिक
विकासको अवधारणा अगाडि सारे ?
६) एउटा अल्पविकसित पछौटे मुलुक
समाजवादउन्मुख हुनका लागि गरिने क्रान्तिको नाम
थियो- नयाँ जनवादी क्रान्ति ।
समाजवादी क्रान्तिसम्म पुग्नका लागि आर्थिक,
सामाजिक तथा राजनीतिक संस्थाहरूको संस्थागत
विकास आवश्यक हुन्छ भन्ने त्यो क्रान्तिको निष्कर्ष
थियो । विद्यमान राजनीतिक, आर्थिक र सामाजिक
संरचनाहरूको पुनःसंरचना र नयाँ ढाँचाको संस्थागत
विकास नै परिवर्तनको मार्ग भनेर तय भएको थियो । तर
नेपाली माओवादीहरू त्यो एजेन्डा छाडेर अब आर्थिक
क्रान्ति, समाजवादी क्रान्ति भनिरहेका छन् । उनीहरूले
सत्तारुढ भएपछि वा विपक्षीमा रहँदा के-
कस्ता संस्थागत आर्थिक-सामाजिक रूपान्तरणहरू
सम्पन्न भए र पुँजीवादमा पुगिसकिएको निष्कर्ष
निकालियो ?
समाजवादी क्रान्ति अबको बाटो भनिरहँदा त्यहाँ पुग्ने
तिनका एजेन्डा के हुन् ? के नवउदारवादी बाटो भएर
समाजवादमा पुगिन्छ ? यी सबै प्रश्नका उत्तर
'अफिसियल' माओवादीहरूसँग छैन ।
नेपाली माओवादी आन्दोलन गणतन्त्र बहाली,
संविधानसभा र संघीयताको बाहक भएर त आयो, तर
आर्थिक-सामाजिक रूपान्तरणको मूल
मुद्दामा संस्थागत रूपमा भिड्न सकेन । राजनीतिक
लचकता अपनाएर अन्य शक्तिहरूसँग
सहकार्यका लागि मोर्चाबन्दी त कस्यो, तर
त्यस्तो 'अलायन्स' बनाइरहँदा आम
जनताको पक्षमा आर्थिक-सामाजिक
रूपान्तरणका कार्यक्रमहरूलाई
प्याकेजका रूपमा अगाडि सार्न सकेन ।
आमरूपमा साना किसान, साना व्यवसायी, खेतिहार
मजदुर, घरवारविहीन हलिया, सुकुम्वासी, कमैया-
कम्लरी र विदेशिइरहेका युवक-
युवतीहरूको स्वार्थरक्षा हुनेगरी देखिने र
बुझिनेगरी संस्थागत निर्णय र संस्थागत
परिपाटी बसाल्न सकेन । उसको विदेश सम्बन्ध, उसले
खोजेको आर्थिक, सामाजिक रूपान्तरण र राजनीतिक
परिवर्तन उसले
हिजो औंल्याएको पुराना शक्ति वा पुरातनवादी पार्टीभन्दा यी-
यी एजेन्डा र कार्यक्रम भिन्न भनेर देखाउनै सकेन ।
अब त माओवादी आन्दोलन विभाजित भएको छ र
एमाओवादी अध्यक्ष प्रचण्डले कतै कसैसँग
गुनासो गरेको सुनिएको छ, 'न मेरो पार्टी सग्लो रह्यो,
न सत्तामै
रह्यौं, न त हाम्रा एजेन्डा नै कार्यान्वयन हुने भए' ।
यो भनाइलाई गम्भीरतासाथ केलाउने हो भने
माओवादीले विगतमा किन युद्ध गरेको थियो भन्ने
प्रश्न उठ्छ । हजारौं मानिसहरूले किन सहादत प्राप्त
गरे भन्ने कुराहरूको पनि अर्कै कहालीलाग्दा र
घिनलाग्दा कथाहरू जोडेर सुनाइने खतरा बढ्नेछ, जुन
हतारमा 'कमरेड प्रचण्ड'को अवतार सिर्फ श्रीमान्
पुष्पकमल दाहालमा रूपान्तरित हुँदैछ, त्यसैगरी ।
अबका 'अफिसियल' माओवादी हुन् वा 'अनअफिसियल'
माओवादी, जसले सुधार, आन्दोलन र
युद्धको कुरा गरिरहेका छन्, तिनले एकपटक
माओवादलाई पढुन्, हेरुन् र आफ्नो राष्ट्रिय
सन्दर्भमा बुझुन् । copy from
thaparajan´ s blog