Translate

Saturday, 1 November 2014

घुर्ने बानि छ यसाे गर्नुहाेस्

घुर्ने बानी छ ? यसो गर्नुस्

एजेन्सि- यदि तपाइँ सुत्दा घुर्ने वानी छ वा तपाइँसँग सुत्ने कोही घुर्छ भने तनाव हुन सक्छ । सँगै सुत्ने ब्यक्ति घुर्दा समस्या नै हुन्छ कहिले काँहि ।अव भने यो समस्याबाट मुक्ति मिल्ने भएको छ । बैज्ञानिकहरुले घुर्ने ब्यक्तिहरुलाई लक्षित गरेर एउटा मास्क बनाएका छन् । यस्तो मास्क लगाउँदा घुरेको सुनिँदैन र निद्रा पानि राम्रो लाग्छ ।

यस अघि पनि यस्तो मास्क नआएको होइन तर यो भारी र असुविधाजनक थियो । अव भने बैज्ञानिकहरुले सहजरुपमा लगाउन सकिने र सानो आकारको मास्क ल्याएका छन् ।बैज्ञानिकहरुले पछिल्लो पटक ल्याएको मास्कलाई सिपीएपी नाम दिएका छन् ।

बेलायतको एनएचएस ट्रस्टको अस्पताल ब्र्याडफोर्ड टीचिङ हस्पिटलका कन्सल्टेन्ट एनिस्थीटिस्ट डा. डेविड डसनका अनुसार सबैको अनुहारको बनावट एकनासको नहुने कुरालाई मध्यनजर गर्द नयाँ मास्क विकाश गरिएको हो ।यो मास्कले नाकमा सिलबन्दी हुन्छ र घुरेको आवाज बाहिर जाँदैन तर यसमा रहेको विशेष बनावटले अक्सिजन भने प्रयाप्तमात्रामा भित्र पठाउँछ ।

No comments:

Post a Comment