हिजो राति सपनिमा आँउदै थियौ तिमी ।
चपाउँदै जुठो नरिवल ख्वाउँदै थियौ तिमी ।
वितेका तिता पलहरु फेरि बल्झाएर हिजो
मेराे मुटु काँडासँग छुवाँउदै थियौ तिमी ।
सानू तिमि सम्झेर म फेरि फर्कि आएँ भन्दै
मेराे दिलकाे मध्ये भागमा सुहाउँदै थियौ तिमी
विगतका ती सारा गल्ती सबै बिर्सिदेउ भन्दै
जल्या मुटु माया हालि धुवाँउदै थियौ तिमी ।
यस्तो पराे उस्तो पराे मेराे पिडा बुझ भन्दै
काेमल मेराे दिल रुवाउँदै थियौ तिमी ।
दिप शर्मा
मलेसिया पुचाेङ
१०७१-७-१८
No comments:
Post a Comment