Translate

Wednesday, 19 November 2014

माले मेची-काली जागरण यात्रामा

काठमाडौ/संविधान निर्माणमा दबाब दिने उद्देश्यले  नेकपा मालेले मेची-काली जागरण यात्रा सुरु गर्ने भएकाे छ । हिजो पार्टी केन्द्रीय कार्यालय राताेपुल काठमाडौमा एक समाराेहका बिच मेचिकालि जागरण अभियानका टाेलिलाई पार्टी महासचिव सिपि मैनालीले खादा तथा टीका लगाई बिदाई गरेका छन ।
दलहरु संविधान बनाउने कामबाट बिमुख बनेको भन्दै जनतालाई सचेत पार्न यात्रा तय गरेकाे माले स्राेत बताउछ । यात्रा मंसिर ५ गते पुर्वकाे मेचि पुलबाट र पश्चिममा गड्डाचाैकिबाट एकसाथ सुरुभै मंसिर ९ गते चितवनकाे भरतपुरमा पुगि समापन हुनेछ । पुर्वकाे टाेलिकाे नेतृत्व खगेन्द्र र पश्चिम टाेलिकाे नेतृत्व डम्बर श्रेष्ठले गर्ने जानकारी माले पाेलिटब्युराे सदस्य  कुमार वेलवासेले गराउनु भयाे ।
मालेले  दुई छिमेकी देशलाई छुने गरि उत्तर दक्षिण गरि बनाईएकाे ६ प्रदेशकाे अवधारणा सहितको संघिय राज्यको स्वरुपलाई पनि जनतासामु पुर्‍याउने तथा मिश्रित सदस्य  समानुपातिक  निर्वाचन प्रणाली अवलम्वन गर्न पनि जनदबाब सिर्जना गर्न यात्रा तय गरेको मेचिकालि जागरण यात्रा कार्य सम्पादन समितिद्वारा प्रकाशित पर्चामा जनाएको छ । यात्राले संविधानसभाका गतिविधि जनतासामु पुर्‍याउन सहयाेग पुग्ने भन्दै मालेले यात्रामा सहभागी भई संविधान निर्माणमा दबाब दिन जनतासामु आग्रह गरेकाे छ ।

No comments:

Post a Comment