लन्डन : लोकप्रिय भौतिक वैज्ञानिक प्रोफेसर स्टिफन हकिङले फेसबुकमा प्रशंसकहरूलाई 'जिज्ञासु' बन्न सल्लाह दिँदै पहिलो पोस्ट् लेखेका छन्। स्टिफन अक्टोबर ७ मै फेसबुकमा आएका थिए तर उनले अहिले पहिलो पटक पोस्ट् गरेका छन्।
उनले लेखेका छन्, 'म सधैं सृष्टिको रचनामा आश्चर्य गर्छु। समय र अन्तरिक्ष सधैं रहस्य बनेको छ र यसमा मेरो कोसिस रोकिएको छैन। यस यात्रालाई तपाईंसँग साझा गर्न उत्सुक छु। जिज्ञासु बन्नुस्। म पनि सधैं जिज्ञासु बन्नेछु।' युनिभर्सिटी अफ क्याम्ब्रिजमा गणित तथा सैद्धान्तिक भौतिक शास्त्रका प्रोफेसर रहेका स्टिफनको नाम अल्बर्ट आइन्स्टिनपछि आउने गर्छ।
ब्रह्मान्ड तथा भौतिक क्षेत्रको कैयौं रहस्य सुल्झाउने बेलायती नागरिक स्टिफन सन् १९८८ मा आफ्नो पुस्तक 'द ब्रिफ हिस्ट्री अफ टाइम'बाट पूरै विश्वमा चर्चामा आएका थिए। ब्ल्याक होल र बिग ब्याङजस्ता विषयलाई उनको अनुसन्धान र विचारले छर्लंग गर्ने कार्य गरिरहेको छ।
मोटर न्युरोन रोगबाट ग्रसित स्टिफन हकिङले यो सबै काम एक ह्विल चेयर, कम्प्युटर र वायस जेनरेटरको माध्यमबाट गरेका हुन्। उनी फेसबुकमा आएलगत्तै नौ लाख फलोअर भइसकेका छन्।-एजेन्सी
कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Thursday, 27 November 2014
Facebook ma
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment