Translate

Wednesday, 5 November 2014

पिरतिकाे ढल

आज उसको पिरतिकाे ढल भएछु म  ।
जता हान्याे उतै गुड्ने बल भएछु म ।

आफू जलिजलि यहाँ उनको ईज्जत थेग्नु पर्ने
भित्री बस्त्र छेक्ने उनको  सल भएछु म ।

किन जाेडेँ नाता मैले निष्ठुरिकाे मुटुसँग
हिजो स्थिर आज फेरि चल भएछु म

मलाई छाेडि पराईसँग उनी हाँस्दैहाँस्दै गइन
पीडा बाेकि  बग्नु पर्ने जल भएछु म ।

दिप शर्मा 

२०७१-५-२८


No comments:

Post a Comment