२०७१-७-८
अनुहार झट्ट देख्दा मनिसलाइ एक अर्काको बिचमा परिचित गराउने माध्यम या मानव अंग हाे । मानिसलाई एकअर्काको बिचमा परिचित गराउन उसका व्यवहार र अनुहारले सहयोग पुर्याउदछ । मनिसका अनुहार हरेक व्यक्ति व्यक्ति अनुसार फरकफरक हुने गर्दछ । तथापि उसको अनुहारको सुन्दरताले हरकसैलाई एकै भेटमा माेहित या घृणित जे पनि पार्न सक्छ । तर मानिसको व्यवहार एउटा यस्तो चिज हाे जसले तपाईं एकअर्काको बिचमा भेट नभईकन पनि एकअर्कालाई चिन्न सक्नु हुन्छ । अनुहार राम्रो छ भने तपाई कसैको मष्तिष्कमा सजिलैसँग बस्न सक्नु हुन्छ । कसैले तपाईंको अनुहार राम्रो देखेर आँखामा सजाउन सक्ला तर व्यवहार र चरित्र राम्रो छ भने तपाईं हरेककाे मनमुटु र ढुकढुकिमा सजिन सक्नु हुने छ । तपाईंको सुन्दर अनुहार उमेरकाे बृद्धिसँगै चाउरि परेर कुरुप हुन्छ तर तपाईंको चरित्र राम्रो छ व्यवहार राम्रो छ र यसलाई राम्रो राखिरहने दृढता राख्नु भयाे भने निश्चयपनि याे जिवन्त सुन्दर रहिरहने छ । तसर्थ तपाईंको सुन्दर अनुहारको कारण तपाईं कसैकाे सम्झनामा बस्नु भएकाे रहेछ भने उसले समयकाे बेगसँगै तपाईंको सम्झनालाई पनि भुलि दिने छ र अर्को कुनै सुन्दर अनुहारलाई आँखामा सजाउने छ ।मान्छे अनुहारको सुन्दरता परिवर्तन गर्न रुपैयाँकाे खर्च गर्छ तर सजिलोसँग दृढता राखेर परिवर्तन गर्न सकिने आफ्नो व्यवहार परिवर्तन गर्न चाँहदैन । किनकि उसलाई कसैकाे मनमा छणिककाे लागि सजिनु छ र बाहिरिनु छ । व्यवहारले तपाईंलाई टाढा टाढा सम्म पनि चिनाउने छ सदैव तपाईंकाे सचरित्रकाे हरेकले प्रसंसा गर्नेछन् । अब कुन बाटाे राेजेर अघि बढ्ने त्यो त मान्छेकाे आफ्नो साेच हाे । अरुको आँखामा सजिन चाहनु हुन्छ भने अनुहार सुन्दर पार्न तिर लाग्नुहाेस मनमा सजिन चाहनु हुन्छ भने व्यवहार सुन्दर पार्न तिर लाग्नुहाेस । अनुहार नराम्रो भएनि व्यवहार राम्रो भयाे भने हरेककाे मन जित्न सक्नु हुन्छ तसर्थ अनुहार नराम्रो भयाे भनेर चिन्ता गर्नु भन्दा व्यवहार राम्रो बनाउने काेसिस गर्नु नै तपाईंको उत्तम उपाय हुनेछ ।
कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Sunday, 23 November 2014
अनुहार र व्यवहार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment