Translate

Tuesday, 4 November 2014

काङ्ग्रेस एमालेको साझाधारणा अव्यावहारिक र अयोग्य :नेकपा (माले)

कात्तिक १८

काठमाडौं/नेकपा (माले)ले संविधानका अन्तरवस्तुका रुपमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले गरेको प्रस्तावले जनता र राष्ट्रको सुरक्षित एवम् सुनिश्चित भविष्य निर्धारण गर्न नसक्ने जनाउँदै त्यसलाई यथावस्थामा समर्थन गर्न नसक्ने ठहर गरेको छ ।


महासचिव सिपी मैनालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पोलिटब्युरोको आकस्मिक बैठकले साझा धारणा निर्माण गर्ने नाममा गरिएको सो प्रस्ताव अवैज्ञानिक र अव्यावहारिक भएको जनाई अब तत्काल  आफ्ना धारणा जनताबीच लैजाने निर्णय गरेको छ ।


बैठकले सक्षम र समावेशी जातीय पहिचान आयोग गठन गर्ने, समानता, समावेशीकरण, सहभागिता र पहुँचका सूची बनाउने तथा तिनका परिणामलाई संविधानमा संस्थागत गर्ने तरिकाद्वारा सटिक ढङ्गले समाधान गरिनुपर्नेमा साझा धारणापत्र त्यसप्रति मौन रहेकाे भन्दै  त्यसबाट निकास ननिस्कने दाबि गरेको छ ।


पार्टी महासचिव मैनालीद्वारा आज जारी विज्ञप्तिमा सो अवधारणापत्रमा मधेस,तराईलाई हिमाल,पहाडसँग अलग गरी दुई प्रदेशमा विभाजन गर्ने प्रस्ताव गरिएकाे भन्दै त्यसरी प्रदेश निर्माण गरिए  प्रदेशको सन्तुलित विकास तथा राष्ट्रिय अखण्डतामा समेत दूरगामी खतरा उत्पन्न हुन सक्ने  औँल्याइएको छ ।


विज्ञप्तिमा साझा धारणापत्रमा सङ्घीय तथा प्रादेशिक निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीलाई पूरै नकारिएको भन्दै यसबाट निकास नआउने र झन जटिलता बढ्ने संकेत भएको बताईएकाे छ।

No comments:

Post a Comment