Translate

Friday, 31 October 2014

सम्भाेगकाे सुरु माछाबाट भएकाे पुष्टि

लन्डन : वैज्ञानिकहरूले सम्भोगको उत्पति पत्ता लगाएको दाबी गरेका छन्। 'नेचर' शोधपत्रमा प्रकाशित एक अनुसन्धानात्मक आलेखका अनुसार माइक्रोब्रेसियस डिकी नामको एक माछाले पहिलोपटक सम्भोग गरेको थियो। बिनासम्भोग अन्डा उत्पादन गर्ने यो माछाले अन्डा दिन बन्द गरी सम्भोगको माध्यमबाट प्रजनन सुरु गरेको थियो। 
 
करिब आठ सेन्टिमिटर लामो यो माछा तीन लाख आठ सय ५० लाख वर्ष पहिलेको भएको बताइएको छ। माछा पाइने ठाउँ अहिलेको स्कटल्यान्डमा पर्छ। 'हामीले विकास क्रमको यस्तो बिन्दु देखाइदिएका छौं जहाँबाट सबै जन्तुको आन्तरिक निषेचनको प्रक्रिया सुरु भयो', शोधपत्रका प्रमुख लेखक अस्ट्रेलियाका फ्न्लिन्डर्स विश्वविद्यालयका प्रोफेसर जोन लागले भने। 
 
लागका अनुसार माछाबाट सुरु भएको सम्भोग लामो समयसम्म् भने चलेन। माछाको विकास बढ्दै गएपछि माछा प्रजननका लागि पुन: अन्डा उत्पादनमै फर्कियो। माछालाई सम्भोगको चरणमा फर्कन फेरि लाखौं वर्ष लाग्यो। सार्क र रे माछाका पूर्वजमा यस्तो संकेत देखिन्छ। -एजेन्सी 

No comments:

Post a Comment