Translate

Friday, 31 October 2014

गुगलकाे नयाँ सेवा

काठमाडौं: गुगलले जीमेल प्रयोगकर्ताका लागि नयाँ इमेल सेवा बनाएको छ। मेल बक्‍सलाई ड्रपबक्‍सले खरिद गरिसकेपछि गुगगले आफ्‍ना प्रयोगकर्ताका लागि नयाँ  इमेल सेवा बनाएको हो। गुगगले बनाएको उक्त इमेल सेवालाई इनबक्स (Inbox) नाम दिइएको छ।

यो 'इनबक्स' नामक इमेल सेवामा वृहत तरिकाबाट इमेलहरुलाई व्‍यवस्थापन गर्न सकिन्‍छ।यसका साथै यो इनबक्समा नियुक्ति, फ्‍लाइट बुकिङ तथा प्‍याकेज डेलिभरी पनि सही ढंगबाट व्‍यवस्थापन गर्न सकिन्‍छ। यो सेवा साधारण इमेल सेवा भन्‍दा धेरै सुविधा दिने गर्छ।
 
 
गुगलका अनुसार अहिले चलाइरहेका जीमेल प्रयोगकर्ता नै यसको सदुपयोग गर्न सक्‍छन जसलाई अहिले गुगलले यो सेवालाई उनीहरुको पहुँचमा पुर्‍याइरहेको छ। तर यो इनबक्‍स अहिलेको जीमेलभन्‍दा धेरै नै फरक रहेको छ। यो सेवालाई वेवका साथै एन्‍ड्रोइ  तथा आइओएस प्रयोगकर्ता दुवैको लागि उपलब्‍ध गराईएको छ। -एजेन्‍सी

No comments:

Post a Comment