Translate

Friday, 31 October 2014

सार्वजनिक स्थलमा बिद्यार्थीले

जिम्बाबेको एक विश्वविद्यालयका विद्यार्थीहरूले विश्वविद्यालयको हाताभित्र नै किस गर्ने (म्वाई खाने) वा सार्वजनिक स्थलमा नै यौन सम्पर्क गर्न नपाइने गरी निर्माण गरिएको आचार संहिताको त्यहाँका विद्यार्थीले विरोध गरेका छन् । जिम्बाबेको एक प्रमुख सरकारी विश्वविद्यालयले हालैमात्र सो नियम बनाएको थियो । विद्यार्थीहरूको साझा संगठनले यस्तो आचार संहिता बनाई विश्वविद्यालयका कर्मचारीहरूले समेत शासन गर्न खोजेको भन्दै ध्यानकर्षण गराएको समाचारमा जनाइएको छ । 

विश्वविद्यालय प्रशासनले विश्वविद्यालयका क्याम्पसको हाताभित्र किस गर्ने कार्यमाथि पनि नै प्रतिबन्ध लगाएको छ । उनीहरूले सो निर्णयलाई विश्वविद्यालय क्याम्पसका हातामा जताततै टाँसेका छन् र यदि कुनै विद्यार्थीले यस्तो कार्य गरेमा कारबाही हुनुपर्ने प्रावधान पनि राखेका छन् ।

सो सूचनामा भनिएको छ– क्याम्पस हाताभित्र निकै नजिक रहेको व्यवहार देखाउने, किस गर्ने तथा यौन सम्पर्कसमेत गर्नेजस्ता कार्य दण्डनीय हुनेछन् । साथै सो विश्वविद्यालय क्याम्पसका आवासीय विद्यार्थीलाई आफ्नो छात्रबासमा विपरीत लिङ्गी साथीहरू पनि ल्याउन नपाइने सो नियममा जनाइएको छ ।  

    ६० प्रतिशत मानिसहरू भर्जिन पार्टनर चाहन्छन

त्यसैगरी साँझको अथवा अध्यारोको समयमा क्याम्पसको हातामा केटा र केटी सँगसँगै हिँडडुल गर्न समेत नपाइने गरी प्रतिबन्ध लगाइएको पनि समाचारमा जनाइएको छ ।   उक्त विश्वविद्यालय र प्रायगरी यस्ता क्याम्पसहरूमा विद्यार्थीबीच यौनजन्य क्रियाकलापहरू हुने गरेका समाचारहरू आउने गरेकोले पनि यस्तो प्रतिबन्धको नियम बनाइएको ती विद्यार्थीले जनाएका छन् । रासस #एएफपी

No comments:

Post a Comment