Translate

Friday, 31 October 2014

प्रयाेगशालामा बन्याे कृतिम पेट

२०७१-७-१४
वासिङटन : वैज्ञानिकहरूले स्टेम सेलको उपयोगबाट प्रयोगशालामा पहिलो थ्रीडी सानो मानव पेट बनाएका छन्। अमेरिकाको ओहियोस्थित सिनसिनाटी बाल अस्पताल चिकित्सक केन्द्रका वैज्ञानिकले मानव स्टेम सेलको उपयोग गरेर पेटको यो लघु संस्करण विकास गरेका हुन्।
 
स्टेम सेलबाट शरीरको कुनै पनि कोष बनाउन सकिन्छ। युनिभर्सिटी अफ सिनसिनाटी कलेज अफ मेडिसिनका अध्ययनकर्ताको सहयोगबाट प्रयोगशालामा निर्मित सानो पेटको उपयोग गर्दै एच पाइलोरी ब्याक्टेरियाको संक्रमणको अध्ययन गरिएको छ। यो ब्याक्टेरिया पेप्टिक अल्सर तथा गर्भाशय क्यान्सरको प्रमुख कारण हो। 
 
प्रमुख अध्ययनकर्ता जिम वेल्सका अनुसार यस नयाँ खोजबाट पेटसम्बन्धी रोगको खोजी, प्रारम्भिक अवस्थामा पेटको क्यान्सर पत्ता लगाउने तथा मधुमेहको अध्ययन गहन रूपमा हुनसक्ने बाटो खोलिएको छ। यस कृत्रिम पेटको अध्ययन अनुसन्धानबारे नेचल नामक जर्नलमा विस्तृत रूपमा छापिएको छ। प्रयोगशालामा पहिलोपटक मानव अंग बनेको होइन।
 
यसअघि नै बेलायती वैज्ञानिकहरूले स्टेम सेलबाट नाक, कान र रक्तनली बनाइसकेका छन्। जर्मनीका वैज्ञानिकहरूले त प्राकृतिक गुण भएको कृत्रिम हड्डीको पनि विकास प्रयोगशालामा गरिसकेका छन्। अमेरिकी वैज्ञानिकहरूले मानव कोषलाई पशुको कलेजोमा प्रत्यारोपण गरेर लघु मानव कलेजोसमेत तयार गरिसकेका छन्। -एजेन्सी 

No comments:

Post a Comment