१४ कात्तिक, काठमाडौं । राप्रपा नेपालले गृहमन्त्री बामदेव गौतमको पुत्ला जलाउने भएको छ । हिन्दु राष्ट्रको माग राख्दै शान्तिपुर्ण धर्नामा बसेकाहरुमाथि सरकारले दमन गरेको भन्दै राप्रपा नेपालले देशभर गृहमन्त्री गौतमको पुत्ला जलाउने घोषणा गरेको हो ।
राप्रपा नेपालले शुक्रबार जारी गरेको विज्ञप्तिमा काठमाडौको शान्तिबाटिका लगायत मुलुकका विभिन्न स्थानहरुमा सरकारका उपप्रधानतथा गृहमन्त्रीको पुत्लादहनगर्ने कार्यक्रम रहेको उल्लेख छ ।
राप्रपा नेपालले धर्नामा बस्न पाउने, आफ्नो माग राख्नपाउने, शान्तिपुर्वक प्रदर्शन गर्न पाउने संवैधानिक र सार्वभौमिकनागरिक हक, अधिकारको बलात उल्लंघन गर्दै धर्नामा बसेकामानिसहरुलाई गिरफ्तार लछार–पछार गरी बन्दीबनाई धर्ना कार्यलाई तहसनहस तुल्याएकोले सरकारको यो असहिष्णु कार्यको सज्ञा दिएको छ ।
No comments:
Post a Comment