Translate

Friday, 31 October 2014

मन र तिमि

मन भावनालाई उजागर गर्ने माध्यम   रहेछ । सहकार्य र सह अस्तित्व बाेध गराउने उपकरण पनि मननै रहेछ ।तथापि यहाँ धेरैले अर्काकाे मन बुझ्न जानेका हुँदैनन् ।अनि काेहि बुजरुक हुँ भन्नेहरु चै म मनका कुरा थाहा पाउन सक्छु भन्दै ठुला कुरा खाेक्छन जबकि तिनिहरु स्वयंले आफ्नो मन बुझन सकेका हुँदैनन् ।यहाँ यस्तै छ काेहि  मन दुखाउछन काेहि मन दुखेको पिडामा छन जेजे भयनि अन्तमा सबैले मनलाई बुझायर बाँचेका छन ।मन भनेकै आफैंले बुझाउन मिल्ने यन्त्र रहेछ जबकि अरुले बुझन जान्दैनन् वा बुझाउन जान्दैनन् ।यस्तो मनले अरुलाइ मन पराउछ त्यहि मन पराएकाे सजाय बिछाेडिदा त्यहि मनले भाेग्नु पर्छ । याे मनकाे न कुनै आकृति छ यस्तो  छ भन्ने न कुनै छुट्टै तन्तु  छ यस्काे । याे मन जल्छ उठ्छ  ढल्छ चल्छ बहकिन्छ राेकिन्छ ठाेकिन्छ र पनि जिवित रहन्छ ।याे कुनै खास चिजहाे मन जसले महशुस गराउछ चेतनालाई तसर्थ तिम्ले दुखायकाे मन अर्काले खुसि बनाउन पनि सक्छ ।तर वास्तविकता के हाे भने मनले न तिम्लाई भुल्छ न विगतलाई मनले कहिलै कसैलाई भुल्दैन याे त खास छ । जिवन्त यहि मनबाट तिमिलाई अल्पकालीन जिवनकाे दिर्घकालिन सम्झना छ सानू ।
परदेशि दिपेन

No comments:

Post a Comment