Translate

Friday, 31 October 2014

ठगि गरेकाे अभयाेगमा ट्राभल एजेन्सि सन्चालक पक्राउ

२०७१-७-१४
काठमाडौ : प्रहरीले अर्काको क्रेडिटकार्ड दुरुपयोग गरी आठ लाख ४ सय ४४ रुपैयाँ (८ हजार २ सय ५८ अमेरिकी डलर) रुपैयाँ हिनामिना गरेको अभियोगमा एक ट्राभल एजेन्सीका सञ्चलकलाई पक्राउ गरेको छ । 
 
काठमाडौंको जमलमा लेण्ड लक्ड ट्राभल्स चलाउँदै आएका सिन्धुपाल्चोकको माङ्गखा गाविस-१ का प्रल्हाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । 
 
अमेरिकामा बस्दै आएका ईश्वर होडाको क्रेडिट कार्ड दुरुपयोग गरी पौडेलले हवाई टिकट काटिदिने भन्दै उक्त कार्डको सिरियल नम्बर, पिन नम्बर लगायतका विवरण टिपी उनको खाताबाट ८ हजार २ सय ५८ अमेरीकी डलर झिकेका थिए । 

प्रहरीले बिहीबार पौडेललाई जमलस्थित उनकै कार्यलयबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले थप अनुसन्धानका लागि पौडेललाई प्रहरी परिषर हनुमानढोका पठाएको छ । आजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

No comments:

Post a Comment