Translate

Sunday, 30 November 2014

ब्याई फ्रेन्ड जस्ताे जन्मेला बच्चा

एजेन्सी, १४ मङ्सिर, महिलाले जुन पुरुषसँग यौनसम्बन्ध राखेर बच्चा पैदा गर्छन् त्यो बच्चाको अनुहार, शारीरिक बनावट, हाउभाउ उसको आमा वा बुबासँग मिल्दो जुल्दो हुनु पर्छ र हुन्छ पनि ।  यदी यस्तो नभएको खण्डमा कि त महिलाले परपुरुषको गर्भ धारण गरेर अर्को पुरुषको नाम दिएको हुनु पर्छ । तर यो मान्यता अब लामो समय टिक्न नसक्ने देखिएको छ । किनकी विवाह पूर्व आफ्नो व्याइफ्रेण्डसँग सेक्स गर्ने महिलाले विवाह पश्चात जन्माएको पहिलो बच्चाको अनुहार, रुप, रङ र शारीरिक बनावट महिलाको पूर्व सेक्स पार्टनरसँग मिल्दो जुल्दो हुन आउने एक अनुसन्धानले देखाएको छ ।

भरखरै गरिएको एक अनुसन्धानबाट यो निष्कर्ष निस्कियोकी महिलाले पहिलो सेक्स जुन पुरुषसँग गर्छिन् र विवाह पश्चात अर्को पुरुषसँग बच्चा जन्माउँछिन् भने त्यो बच्चाको सक्कल पहिलेको व्याइफ्रेण्डसँग मिल्न आउँछ । 'न्यू साउथ वेल्स युनिवर्सिटी' का वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यो कुरा प्रमाणित भएको 'इकोलोजी जर्नल' नामक एक पत्रिकाले छापेको छ ।

अनुसन्धानले यो तथ्यलाई यसरी पुष्टि गरेको छ कि जब महिलाले पहिलो पटक कुनै पुरुषसँग यौनसम्बन्ध राख्छिन् भने महिलाको अपरिपक्व अण्डकोषले पुरुषबाट प्राप्त शुक्राणुलाई अवशोषण वा रिजर्व गरेर राख्दछ र यो पछि बच्चा जन्माउँदा बच्चाको जीनमा ट्रान्सफर्म हुने गर्दछ । अर्थात् अण्डकोषले शोषण गरेर राखेको पहिलो पुरुषको शुक्राणुको प्रभाव अर्कै पुरुषबाट जन्मने पहिलो बच्चामा देखाउँछ । जसले गर्दा बच्चा जन्माउन चाहेको पुरुषको शुक्राणुको प्रभाव भन्दा पहिले गरिएको यौनसम्बन्धबाट प्राप्त शुक्राणुको प्रभाव बढि हुने भएकाले बच्चाको स्वरूप पूर्व सेक्स पार्टनर वा व्याईफ्रेण्डसँग मिल्न आउँछ ।

यसैगरी रिसर्चले यो पनि बताउँछ कि पहिलो बच्चा जन्माई सकेपछि दोस्रो बच्चा पुन अर्कै पुरुषको शुक्राणु लिएर जन्माए पनि पूर्व पतिकै शुक्राणुको प्रभाव बढि हुनाले पूर्व पति वा पहिलो बच्चाको बाबुसँग दोस्रो बच्चाको रुप, रङ मिल्न आउँछ । अनुसन्धानको क्रममा वैज्ञानिकहरुले विवाहपछि जन्माएका बच्चाको शारीरिक बनावट, रुप, रंग, वर्ण पूर्व पति वा पूर्व ब्वाईफ्रेण्डसँग मिलेको पाएका थिए । साथै विवाह पूर्व शारीरिक सम्पर्क नगर्ने महिलामा यो स्थिति देखिएन ।

Saturday, 29 November 2014

महिलाको कुरा

२०७१-८-१४
(एजेन्सी) महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण,पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमा योनीमा मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छरु यसबारे केही चर्चा गरौँ। कसिलो योनी कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् ?

महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँै लचकदार हुन्छ। प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ। यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ। समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ।
यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ। खुकुलो योनी महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै योनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन्। तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। यसले पुरुष(महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ। महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन। योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ। त्यही सानो योनीबाट बच्चा जन्मन्छ। बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ। यो नै योनीको विशेषता हो।केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ।
यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ। केगेल कसरत विधिः योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ।केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ। यसलाई शुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ। यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ। नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ। विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन्। अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ। तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो१ यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्‍याउन सक्छन्

Friday, 28 November 2014

Husband ko kura

जुन कुरामा ध्यान दिनुपर्ने हुन्छ त्यस्ता कुराहरुलाई मतलब नै नगर्ने बानी सम्भवतः श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । यस्ता साना–साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ ।
यदि तपाईंको श्रीमानमा तल दिइएका बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता बानीहरु जसमा छ तपाईं पनि अरु नेपाली महिलाजस्तै यस्तै हो भनेर चित्त बुझाउनुहुन्छः
१. चिसो रुमाललाई बेडमा राखेर बिर्सनुः
धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई सुकाउनुको सट्टा बेडमा नै छोड्ने गर्दछन् । उनीहरुलाई चिसो रुमाल बेडमा राख्दा बेड चिसो हुने र रुमाल पनि बिस्तारै कालो हुँदै जाने कुरा थाहै छैन । श्रीमतीले धेरैपटक यसो नगर्न आग्रह गरेपनि उनीहरु उनको आग्रहलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् र भन्छन, ‘यो त आफसेआफ सुकिहाल्छ नी’ ।
२. बिदामा ढिलासम्म सुत्नु र ननुहाउनुः
जब बिदा हुन्छ तब श्रीमानहरु आफ्नो बेडलाई एकछिन पनि छोड्न मान्दैनन् । धेरैजसो पुरुषहरु बिदाको बेलामा चिया, कफी, खाना, खाजा सबै बेडमा नै खान रुचाउँछन् । यदि तपाईंले उनलाई नुहाउन आग्रह गर्नुभयो भने तपाईंले उनको बिदा नै खराब गरेको सम्झनेछन् ।
३. ‘आउँदै छु’ भन्छन् तर खाना खान आउँदैनन्ः
तपाईंले बनाएको खाना मिठो भएर नै उनले तपाईंसँग विवाह गरेपनि विवाह पछि उनले यो कुरा बिर्सन्छन् । टिभी हेर्नु, मेल चेक गर्नु र खाना खाँदा पत्र–पत्रिकालाई यताउती गर्नु उनीहरुको मनपर्ने बानी हुन् । खाना चिसो भयो भनेर जतिसुकै भनेपनि उनीहरुलाई त्यो कुराको वास्तै हुँदैन ।
४. आफ्नै सामानहरु थाहा नहुनुः
धेरैजसो पुरुषहरुलाई आफूले भनेको ठाउँमा नै सामानहरु चाहिन्छ तर आफूले राखेको सामानहरु कहाँ हुन्छ, त्यो कुरा उनीहरुलाई पत्तै हुँदैन । उनीहरुको सबै काम श्रीमतीले नै गरोस् भन्ने चाहन्छन् । आफ्नो सामानहरु उनीहरु एक्लै खोज्न सक्दै सक्दैनन् ।
५. बाथरुम भित्र नै पेपर पढ्छन्, चुरोट खान्छन् र बाहिर अरुलाई कुराउँछन्ः
धेरैजसो पुरुषहरु बाथरुम भित्र बसेर पत्रिका पढ्ने र चुरोट पिउने गर्दछन् । उनीहरुको यो बानीले अरुलाई समस्यामा पर्नसक्ने कुरा उनलाई मतलब नै छैन । बाथरुमभित्र पिइएको चुरोटको गन्ध सबैतिर फैलिएको कुन श्रीमतीलाई राम्रो लाग्ला र ?
६. रातभर घुर्ने गर्दछन् र बिहान निद्रा लागेन भनेर गुनासो गर्दछन्ः
श्रीमानको घुराइका कारण धेरैजसो महिलाहरु रातभरी सुत्न पाउँदैनन् र यसको विपरित श्रीमान बिहान गुनासो गर्दछन्, ‘तिमीले मलाई सुत्न ठाउँ नै नदिएकाले रातभर सुत्न सकिनँ’ ।
७. सबै कुराहरु बेडमा नै खान्छन् र यसमा सुत्नुपर्छ भन्ने कुरा बिर्सन्छन्ः
उनलाई घरमा बनाइएको खाना मनपर्दैन तर बेडमा नै टिभी हेर्दै र अफिसको काम गर्दा गर्दै नाश्ता खाने गर्दछन् । केहि नभनी हेर्ने हो भने, उनीहरुलाई खाना कसरी खाइन्छ भन्ने शिक्षा आवश्यक भएको देखिन्छ । जहाँ पायो त्यहि पोख्नु, जता पायो त्यतै पुछ्नु, उनीहरुलाई सामान्य लाग्छ । (एजेन्सी)

Thursday, 27 November 2014

Facebook ma

लन्डन : लोकप्रिय भौतिक वैज्ञानिक प्रोफेसर स्टिफन हकिङले फेसबुकमा प्रशंसकहरूलाई 'जिज्ञासु' बन्न सल्लाह दिँदै पहिलो पोस्ट् लेखेका छन्। स्टिफन अक्टोबर ७ मै फेसबुकमा आएका थिए तर उनले अहिले पहिलो पटक पोस्ट् गरेका छन्। 
 
उनले लेखेका छन्, 'म सधैं सृष्टिको रचनामा आश्चर्य गर्छु। समय र अन्तरिक्ष सधैं रहस्य बनेको छ र यसमा मेरो कोसिस रोकिएको छैन। यस यात्रालाई तपाईंसँग साझा गर्न उत्सुक छु। जिज्ञासु बन्नुस्। म पनि सधैं जिज्ञासु बन्नेछु।' युनिभर्सिटी अफ क्याम्ब्रिजमा गणित तथा सैद्धान्तिक भौतिक शास्त्रका प्रोफेसर रहेका स्टिफनको नाम अल्बर्ट आइन्स्टिनपछि आउने गर्छ। 
 
ब्रह्मान्ड तथा भौतिक क्षेत्रको कैयौं रहस्य सुल्झाउने बेलायती नागरिक स्टिफन सन् १९८८ मा आफ्नो पुस्तक 'द ब्रिफ हिस्ट्री अफ टाइम'बाट पूरै विश्वमा चर्चामा आएका थिए। ब्ल्याक होल र बिग ब्याङजस्ता विषयलाई उनको अनुसन्धान र विचारले छर्लंग गर्ने कार्य गरिरहेको छ। 
 
मोटर न्युरोन रोगबाट ग्रसित स्टिफन हकिङले यो सबै काम एक ह्विल चेयर, कम्प्युटर र वायस जेनरेटरको माध्यमबाट गरेका हुन्। उनी फेसबुकमा आएलगत्तै नौ लाख फलोअर भइसकेका छन्।-एजेन्सी 

Wednesday, 26 November 2014

महिलाको याैन चाहना यसरि थाहा हुन्छ

काठमाडौं । पुरुष र महिलाको सन्दर्भमा हेर्दा भनिन्छ महिलालाई केहि बुझ्न कठिन हुन्छ । पुरुष र महिला एक अर्काका पुरक त हुन् तर श्रीमान श्रीमती नभइकन उनीहरु एक अर्काको पुरक हुन सक्छन् भन्न मिल्दैन । पुरुष र महिलामा पुरुषहरु छिटो बोल्ने र धेरै बोल्ने स्वभावका हुन्छन् ।
पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

    १. तपाईलाई छुने बहानामा नजिक हुनुः महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

    २. नजिक भएर लामो लामो स्वास फेर्नु : यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

     ३. एकान्त होस भन्ने चाहेमा : यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

    ४. अनुहार रातो हुनु वा शरीरको तापक्रम बढ्नु : स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

    ५. अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राखेमा : यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ुकस्तो नरम ओच्छ्यानु वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

पावरमा पावर न्युज कार्यक्रम सञ्चालन गर्ने भिजे।

काठमाण्डु, १० मंसिर– पहिले सिन्धुपाल्चोक बसिसकेका चितवनका एसपी सहकुल थापाले सम्झाउन खोजे, ‘भाइ तपाईं सार्वजनिक रुपमा परिचित, स्क्रिनमा देखिएको, सबैले चिनेको मान्छे । यसरी अति नै पिएर हो–हल्ला गर्दा राम्रो देखिन्न, सुहाउँदैन ।’

काठमाण्डुबाट एउटी नायिकासँगै भरतपुर गार्डेन रिसोर्टको उदघाटन डिनर खान चितवन पुगेका पावर न्यूजवाला पत्रकार प्रेम बानियाँले ‘म आईजीसँग बसेर रक्सी आने मान्छे । तँ को होस्, मलाई सम्झाउने । डिस्टर्व गर्ने ? कति खानुपर्छ भनेर सिकाउने ?’ उनले थापाको फुली समातेर तान्दै भने, ‘तेरो के हैसियत छ ?’
प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एलडिओसँग बसेर डिनर खाइरहेका सहकुल निरीह देखिए । कसैले बोल्ने आँट गरेनन् । मंसिर १ गतेको साँझ त्यहाँ बानियाँको राज चल्यो ।

भरतपुरका ५० जना व्यापारी मिलेर १७ करोड लगानीमा त्यो रिसोर्टमा मात्र होइन प्रेमले हाइटी जाँदा क्याप्टेन बुद्ध थेबेलाई समेत यसरी नै रक्सीले मातेका बेला यौन दुव्र्यवहार गरेका थिए ।

उनलाई त्यसबेला पेस्तोल निकालेर गोली ठोक्नै लागिएको थियो । धन्न बाँचेर आए ।

पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै उजुरी आएपछि पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार आचारसंहितामाथि पुनरावलोकन गर्ने भएको छ ।
जनआस्था साप्ताहिकबाट

Sunday, 23 November 2014

लुगा फुकालेर सुत्नु फाइदाजनक

२०७१-८-८
सुत्ने वेला तपार्इं लुगा फुकाल्नुहुन्छ कि हुन्न ? साधारणयता यस्तो प्रश्न वाहियात लाग्न सक्छ । तर, यो कुरा तपाईंको स्वास्थ्यसँग जोडिएको छ । लुगा फुकालेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको कुरा विभिन्न तथ्यले पुष्टि भएको छ । अस्ट्रेलियाली अध्ययनकर्ताले यसबारे विभिन्न तथ्य सार्वजनिक गरेका छन् । उनीहरूको दाबीअनुसार लुगा फुकालेर नांगै सुत्दा हुने फाइदा यस्ता छन्:
लुगा फुकालेर सुत्दा अनिद्राको समस्याबाट मुक्ति मिल्छ । किनभने, नांगै सुत्दा शरीरको तापक्रम नियन्त्रित हुन्छ । यसले गहिरो निद्राका लागि सघाउ पुर्‍याउँछ । राति बारम्बार बिउँझिनुपर्दैन । लुगा फुकालेर सुत्दा शरीरमा कोटिर्जोल नामक तनाव उत्पन्न गर्ने हर्मोनको स्तरमा समेत कमी आउँछ । राति दुई बजेपछि कोटिर्जोलको स्तर शरीरमा बढ्न थाल्छ, तर लुगा नलगाई सुत्दा यो नियन्त्रित रहन्छ । उक्त हर्मोनले भुँडीमा बोसो जमाउने काम गर्छ । त्यसैले यसरी सुत्दा अनावश्यक पेट लाग्दैन ।

लुगाविहीन अवस्थामा सुत्दा शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ । शरीरको तापक्रम कोठाको तापक्रमबराबर हुँदा शरीरमा एन्टी एजिङ हर्मोनको वृद्धि हुन्छ । यसले बुढ्यौली पर पुर्‍याउन सघाउ पुर्‍याउँछ । यसरी सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ ।

नियमित ६ घन्टा सुत्दा हृदयाघात, मधुमेह, डिप्रेसनलगायत जोखिमबाट टाढा रहन मद्दत पुग्छ ।लुगाविहीन अवस्थामा सुत्दा यौनजीवनमा समेत सकारात्मक प्रभाव पर्छ । आपसमा टाँसिएर सुत्दा छाला–छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढ्छ । जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुन्छ ।

स्वास्थ्य, मा प्रकासित भएको

अनुहार र व्यवहार

२०७१-७-८
अनुहार झट्ट देख्दा मनिसलाइ एक अर्काको बिचमा परिचित गराउने माध्यम या मानव अंग हाे । मानिसलाई एकअर्काको बिचमा परिचित गराउन उसका व्यवहार र अनुहारले सहयोग पुर्‍याउदछ । मनिसका अनुहार हरेक व्यक्ति व्यक्ति अनुसार फरकफरक हुने गर्दछ । तथापि उसको अनुहारको सुन्दरताले हरकसैलाई एकै भेटमा माेहित या घृणित जे पनि पार्न सक्छ । तर मानिसको व्यवहार एउटा यस्तो चिज हाे  जसले तपाईं एकअर्काको बिचमा भेट नभईकन पनि एकअर्कालाई चिन्न सक्नु हुन्छ । अनुहार राम्रो छ भने तपाई कसैको मष्तिष्कमा सजिलैसँग बस्न सक्नु हुन्छ । कसैले तपाईंको अनुहार राम्रो देखेर आँखामा सजाउन सक्ला तर व्यवहार र चरित्र राम्रो छ भने तपाईं हरेककाे मनमुटु र ढुकढुकिमा सजिन सक्नु हुने छ । तपाईंको सुन्दर अनुहार उमेरकाे बृद्धिसँगै चाउरि परेर कुरुप हुन्छ तर तपाईंको चरित्र राम्रो  छ व्यवहार राम्रो छ र यसलाई राम्रो राखिरहने दृढता राख्नु भयाे भने निश्चयपनि याे जिवन्त सुन्दर रहिरहने छ । तसर्थ  तपाईंको सुन्दर अनुहारको कारण तपाईं कसैकाे सम्झनामा बस्नु भएकाे रहेछ भने उसले समयकाे बेगसँगै तपाईंको सम्झनालाई पनि भुलि दिने छ र अर्को कुनै सुन्दर अनुहारलाई आँखामा सजाउने छ ।मान्छे  अनुहारको सुन्दरता परिवर्तन गर्न रुपैयाँकाे खर्च गर्छ   तर सजिलोसँग दृढता राखेर  परिवर्तन गर्न सकिने आफ्नो व्यवहार परिवर्तन गर्न चाँहदैन । किनकि उसलाई कसैकाे मनमा छणिककाे लागि सजिनु छ र बाहिरिनु छ । व्यवहारले तपाईंलाई टाढा टाढा सम्म पनि चिनाउने छ सदैव तपाईंकाे सचरित्रकाे हरेकले प्रसंसा गर्नेछन् । अब कुन बाटाे राेजेर अघि बढ्ने त्यो त मान्छेकाे आफ्नो साेच हाे । अरुको आँखामा सजिन चाहनु हुन्छ भने अनुहार सुन्दर पार्न तिर लाग्नुहाेस मनमा सजिन चाहनु हुन्छ भने  व्यवहार सुन्दर पार्न तिर लाग्नुहाेस । अनुहार नराम्रो भएनि व्यवहार राम्रो भयाे भने हरेककाे मन जित्न सक्नु हुन्छ  तसर्थ  अनुहार नराम्रो भयाे भनेर चिन्ता गर्नु भन्दा व्यवहार राम्रो बनाउने काेसिस गर्नु नै तपाईंको उत्तम उपाय हुनेछ ।

Friday, 21 November 2014

अफ्रिकामा पनि यस्तो छ यातायातकाे साधन

२०७१-८-६
हेर्दा दुरुस्त दक्षिण ललितपुरकाे यातायातका साधन जस्तो देखिने ट्रक यतायात दक्षिण अफ्रिकी देश माेजाम्बिकमा पनि रहेछ । पिपुल्स  डेल्लि चाईनामा नाेभेम्बर 20 मा छापिएको समाचार पढ्दा दक्षिण ललितपुर यात्रा गर्दा भाेगेका पिडामा मलम पट्टि लगाउन सहयोग पुग्यो। हामिले जस्तै पीडा भाेग्ने अरु काेहि छैनन् हाेला भन्दै यात्रा गरेका यात्रुका कुरा सुनेर आजित मेराे मनले अन्य देशमा पनि यस्तो अवस्था रहेछ भन्ने थाहा पाउँदा चुप रहन सकेन र यसलाई यहाँ सभार गरि प्रस्तुत गरेकाे छु  । दक्षिण ललितपुरका अधिकांश मान्छेहरुकाे यातायातका साधनको रुपमा प्रयोग हुने दूध बाेक्ने गाडिकाे दुरुस्त झल्को मेटाउने याे यातायात नेपाली जनता झैं पीडा बाेकेका अफ्रिकी जनताकाे हाे ।दक्षिण अफ्रिकी देश माेजाम्विककाे मापुटाे शहरबाट यात्रुहरु यसरी ट्रकमा यात्रा गर्छन् ।

धेरै सेक्स गरे क्लास टेस्ट फेल हुन्छन् किशोरी

एजेन्सि/स्कुल  बंक गर्नु, टेस्टमा फेल हुनु र बिना कन्डोम सेक्स गर्ने कुराका बिचमा इन्डियाना यूनिभर्सिटीले एक अध्ययन गरेको छ । यस यूनिभर्सिटीले १४ देखि १७ बर्ष उमेरका किशोरीहरूको ८० हजार डायरीको गरेर एक नयाँ कुराको दावी गरेको छ । जसमा यस्ता किशोरीहरू धेरै सेक्स गर्ने कुराको खुलासा भएको छ ।

टीन एजर्स किशोरीहरूका बिचमा गरिएको एक प्रकारको यो पहिलो सर्भे भएको बताइएको छ । यस अध्ययनका क्रममा ती किशोरीहरूको स्कूलको दिनचर्या र उनीहरूको सेक्सु अल रिलेशनका बीचमा एक अहम कुराको खोजी गरिएको छ । ‘द जर्नल अफ एडोलिसेन्ट हेल्थ’ ले यो अध्ययन गरेको हो ।

यस अध्ययनलाइ १० बर्ष लगाएर पुरा गरिएको थियो । अध्ययनमा ३ सय ८७ किशोरीहरूको डायरीलाइ भने बिशेष अध्ययन गरिएको थियो । जसबाट रोमान्टिक र फिजिकल रिलेशनलाइ लिएर उनीहरूको व्यवहारलाइ बुझ्ने कोशिस गरिएको थियो । अध्ययनमा सहभागी किशोरीहरूले आफ्नो दैनिक व्यवहारलाइ अध्ययनकर्ताहरूसंग शेयर गरेका थिए ।
अनुसन्धानका प्रमुख देवन जे हेन्सलले बताए अनुसार अध्ययनबाट के पाइयो भने जो किशोरीहरू स्कूल बंक गर्दछन वा टेस्टमा फेल हुन्छन, यस्ता युवतीहरू टेस्टमा फेल भएका दिन बिना कन्डोम सेक्स गर्ने गरेको मामला धेरै नै देखिएको छ । यस अध्ययनमा यो पनि दावी गरिएको छ कि किशोरीहरू जो सेक्सको मामलामा सुरक्षा अपनाउँदै शारीरिक सम्बन्ध राख्दछन, उनीहरूको पढाई-लेखाई पनि सफल हुने सम्भावना धेरै रहेको देखिएको छ ।

TSU is paying you its 10%of the revenue

You may be well known about the online job that pays,But here is a new social media that pays for your unique content.Now here the totally different mediaThe social network TSU is paying you its 10% of the revenue.

That shows that the craze of Facebook,twitter,bubblews,tumbler will decrease.The new social media Ello has also been effected by TSU.The Social network TSU seems like Bubblews ( The social that pays the user for like and comments too).
The features of TSU are so friendly.that you can connect to other social media through the left slide bar.The earning that you earn will be seen in the top bar of the profile.
Making money in TSU
You can make money in two ways.The best way for earning through TSU is by attracting visitors/user directly to you profile or content.The TSU generates revenue through CPC and CPM.If someone engage, view or click the ads then you will be paid.The sharing of your contents also helps the user for increasing revenue.
So, what are you waiting for,Just go and earn using social media.Isn't it amazing that you are earning while writing status too.