तिम्रो म्यासेज कुर्दाकुर्दै थाक्ने भएँ प्रिय ।
जे भएनि तिम्लाइ दिलमा राख्ने भएँ प्रिय ।
सफलहाेस भगवान प्रेम सम्बन्ध हाम्रो भन्दै
हरेक बिहान देविदेउता भाक्ने भएँ प्रिय ।
बनाएर याे दिलले त्यो मुटुको निसाना
प्रेमको बन्दुक तिमिलाई ताक्ने भएँ प्रिय ।
थाहा छैन कस्तो हुन्छ साँचो प्रितकाे स्वाद
तिमीबाटै मायाको संवाद चाख्ने भएँ प्रिय ।
कतै भेट भयो भने अनायासै तिमिसँग
झिम्क्याउँदै याे परेलि डाक्ने भएँ प्रिय ।
दिपेन्द्र परिवर्तित
२०१२-१२
No comments:
Post a Comment