Translate

Thursday, 16 April 2015

गजलमा

मज्जा त पैसाको खेलमा हुन्छ रे ।
जेजति हुनु त ठमेलमा हुन्छ रे ।

नयाँनयाँ परिकारकाे स्वाद त यहाँ
मसलामा भन्दा नि तेलमा हुन्छ रे ।

बुझिन्छ रे त्यो बेला जिन्दगीकाे महत्त्व 
जब मान्छे क्रुर जेलमा हुन्छ रे ।

ढुङ्गा मुढा र बालुवाका  प्रहारहरु
धेरै त असारे भेलमा हुन्छ रे ।

सजिलै प्रगति हुन्न  भन्छन् सबै
प्रगतिकाे सुत्र त झेलमा हुन्छ रे ।

एकान्तमा रुँदै बस्नु भन्दा बढि 
आनन्द मुटुको मेलमा हुन्छ रे ।

No comments:

Post a Comment