तिम्रो लागि मन जलाउन तयार छु ।
गुलाफ भै दिलमा पलाउन तयार छु ।
दिन्छ्याै भने तिमी अधिकार मलाई
त्यो दिलकाे राज्य चलाउन तयार छु ।
जाेगाउन सम्बन्ध हजार दुष्ट नजरबाट
भकुण्डो झै प्रित छलाउन तयार छु ।
हाम्रो सामु समस्याको पहाड आयो भने
टुक्राटुक्रा पारि सबै गलाउन तयार छु ।
पिरतिमा पर्खाल बनी काेहि ठडियाे भने
चट्टान बनी सबै ढलाउन तयार छु ।
दिपेन्द्र परिवर्तित
२०७१-१२-२४
No comments:
Post a Comment