Translate

Thursday, 16 April 2015

गजल

माया तिमीलाई दिएँ, शरीर कसलाई दिनु ?
खुसि माग्छन् सबै, पिर कसलाई दिनु ?

राज तिमिले गरेउ समथर याे दिलमा
भन अब बाँकी, भिर कसलाई दिनु ?

माछि मारेर गयौ खाेलि थुनेर तिमिले
अब ढुङ्गा बालुवाकाे, तिर कसलाई दिनु ?

गयौ तीमि अन्तै हानेर बज्र मलाई
याे मुटुमा राेपिएकाे, झिर कसलाई दिनु ?

आँउछन सबै यहाँ प्यास मेट्ने भन्दै
फाेहाेर दिलकाे धमिलो, नीर कसलाई दिनु ?

No comments:

Post a Comment